Nepali Poem On " CHILD RIGHTS! "
बालबालिकाका लागि शान्ति कलम र कापी के काम त्येस्मा यदी लेखिदैन भने सुन्दर मनमस्तिस्क के काम सुनुनिस्चित भविष्य यदि देखिदैन भने बालअधिकार के काम ; बालबालिकाको सुन्दर भविष्य हुदैन भने सुन्दर , शान्त देश के काम ; बालबालिकालाई शान्ति प्रदान गरिदैन भने ! चाहिएको छैन सव्य समाजलाई नागासाकी र हिरोशिमा चाहिएको छैन छ्यतिपुर्तिको नाउँमा बालबालिकालाई बिमा आमूल परिवर्तनको नाउँमा चाहिएको छैन ससस्त्र क्रान्ति सव्य समाजले खोज्छ सधैँ बालबालिकाको निम्ति शान्ति ! चाहिएको छ भविष्यका कर्णधार बालबालिकाका लागि शान्ति बालबालिकाको मनोविज्ञानमा जसले ल्याउँछ सकारात्मक क्रान्ति " बालबालिका " शब्दमै लुकेको छ अबोधता र नम्रता कति कोमल र सुक्ष्म हुन्छन यी बालबालिका ! बालबालिका नै देशको विकासका आधार हुन् जसले मातृभुमिलाई संजीवनी दिन्छन् बालबालिकालाई तसर्थ चाहिन्छ शान्ति जसले बालमनोविज्ञानमा ल्याईदिन्छ सकारात्मक क्रान्त...