म इन्द्रेणी भए रे

अस्ति उहाँका साथीहरु आउँदा
म ठुलो आवजमा हासे रे
उहाँहरुसङै हो-मा-हो मिलाउँदा
उहाँलाई बडो अप्ठ्यारो पर्‍यो रे

सहनै नसकेर,
अब त्यस्तो नगरोस् भनेर कुट्नु भएको रे
तर अहिले,
यो कालो अध्यारो रातमा
मेरो हासो मातिलो भयो रे
यहि हासोको उहाँ सिकार हुनुभयो रे
कालो रातको त्यसबखतमा,
धपक्क बलेकी, म जून भए रे

हिजो दिउँसो बजारमा जाँदा
म जन्ने भएर बोले रे
चित्त नबुझ्दो चियागफमा असहमती जनाउँदा
उहाँलाई फेरि शर्मिन्दा पारे रे

खप्नै नसकेर,
अब त्यस्तो नगरोस् भनेर कुट्नु भएको रे
तर अहिले,
पानी परिसकेपछीको यो चिसो मौसममा
मेरो नजानिदोपन निर्दोष भयो रे
यहि नजानिदोपनले उहाँ लठ्ठ हुनुभयो रे
कालो बादलका बिच
मोहित पारिदिने
चहकिली, म इन्द्रेणी भए रे!

Comments

Post a Comment

Popular posts from this blog

Nepali Poem On " CHILD RIGHTS! "

I am a woman, just like you

Your move, Girls!