उछिट्टिएकि मकै म
उछिट्टिएको मकै
खानुहुन्न रे त्यसलाई, कठै!
हाँडि दुनियाँ त्यसको
सिन्काहरुले घुमाउछन्
पोलाउछन्, भुट्छन्।
जबसम्म भुटिन्न, घुमाउछन्
तर सबै मकै उस्तै नहुने
कुनैकुनै सार्है बैगुनी
ठेट्ना भएर मात्र भएर पड्केर नबसी
फुल भई हाँडी बाहिर फुत्किन्छ मकै
अनि खानु हुन्न भन्छन् त्यसलाई, कठै!
लाग्छ म त्यस्तै उछिट्टिएकि मकै हुँ
अनि यो समाज उस्तै एउटा हाँडी
बहिर निस्कन खोज्छु, उम्कन खोज्छु
तर सिन्काहरुले घुमाएर भित्रै हुकाउन खोज्छन्
हाँडीमा आफ्नोपन छ, न्यानोपन छ
सबै आफूजस्तै देखिन्छन्
तर मलाई आकश देख्नु छ
तारा टिप्नु छ, हिमालसँग मितेरी गास्नु छ
तर यो हाँडी बाहिर जान निषेधित छ
आमा भन्छिन्, "उछिट्टिएको मकै नखाउ नानी
सानै उमेरमा पोइला गइन्छ,"
बा भन्छन्, "एक्लै बाहिर ननिस्क, समाजले
उच्छृन्खल कहलाउछ"
के फरक भयो र मेरो दर्जामा?
एक फिक्र्एकि फूल मकैजस्तै,
के नै भिन्न भयो र?
आखिर म पनि त भए नि
हाँडीबाट उछिट्टिएकि मकै!
खानुहुन्न रे त्यसलाई, कठै!
हाँडि दुनियाँ त्यसको
सिन्काहरुले घुमाउछन्
पोलाउछन्, भुट्छन्।
जबसम्म भुटिन्न, घुमाउछन्
तर सबै मकै उस्तै नहुने
कुनैकुनै सार्है बैगुनी
ठेट्ना भएर मात्र भएर पड्केर नबसी
फुल भई हाँडी बाहिर फुत्किन्छ मकै
अनि खानु हुन्न भन्छन् त्यसलाई, कठै!
लाग्छ म त्यस्तै उछिट्टिएकि मकै हुँ
अनि यो समाज उस्तै एउटा हाँडी
बहिर निस्कन खोज्छु, उम्कन खोज्छु
तर सिन्काहरुले घुमाएर भित्रै हुकाउन खोज्छन्
हाँडीमा आफ्नोपन छ, न्यानोपन छ
सबै आफूजस्तै देखिन्छन्
तर मलाई आकश देख्नु छ
तारा टिप्नु छ, हिमालसँग मितेरी गास्नु छ
तर यो हाँडी बाहिर जान निषेधित छ
आमा भन्छिन्, "उछिट्टिएको मकै नखाउ नानी
सानै उमेरमा पोइला गइन्छ,"
बा भन्छन्, "एक्लै बाहिर ननिस्क, समाजले
उच्छृन्खल कहलाउछ"
के फरक भयो र मेरो दर्जामा?
एक फिक्र्एकि फूल मकैजस्तै,
के नै भिन्न भयो र?
आखिर म पनि त भए नि
हाँडीबाट उछिट्टिएकि मकै!
Comments
Post a Comment